२०८२ को मंसिर अघि कांग्रेसको महाधिवेशन हुँदैन : प्रवत्ता महत

२०८२ को मंसिर अघि कांग्रेसको महाधिवेशन हुँदैन : प्रवत्ता महत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले तयारी नपुगेकाले २०८२ मङ्सिरभित्र कांग्रेसको १५औँ महाधिवेशन नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन सिरहा शाखाले आज लहानमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टीको आगामी महाधिवेशन समयमै नहुने स्पष्ट पारेका हुन्।

“महाधिवेशनका लागि अहिलेसम्म सचिवालय पनि गठन भएको छैन । सदस्यता नवीकरण र नयाँ सदस्यता वितरणमा ढिलाइ भएको छ”, प्रवत्ता डा. महतले भने, “त्यसकारण महाधिवेशनको निर्धारित समय सर्छ ।”

विधानअनुसार म्याद थप गर्ने व्यवस्था भएकाले त्यहीअनुसार महाधिवेशनको समय कम्तीमा एक वर्ष थपिने उनको भनाइ थियो ।

अहिले हुलाकी राजमार्गअन्तर्गत मधेस प्रदेशका जिल्लामा कांग्रेसका नेताकार्यकर्तासँग भेटघाट तथा अन्तरक्रिया अभियान आफूले सुरु गरेको डा. महतले जानकारी दिए ।