सभामुख र उपसभामुखमध्ये एकले तत्काल राजीनामा दिनुपर्छ : कांग्रेस

सभामुख र उपसभामुखमध्ये एकले तत्काल राजीनामा दिनुपर्छ : कांग्रेस

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दिलेन्द्र प्रसाद बडुले सभामुख र उपसभामुख दुवै एउटै दलको भएकोले दुईमध्ये एउटाले पदबाट राजिनामा दिनुपर्ने माग गरेका छन्।

शनिबार राजधानीमा अायाेजित साक्षात्कारमा उनले भने,‘एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नुहुँदैन, एउटै पार्टीबाट सभामुख र उपसभामुख बन्नु भनेको संवैधानिक व्यवस्थाको उल्लंघन हो, त्यसैले तत्काल एकजनाले राजिनामा दिनुपर्छ, सभामुख र उपसभामुख छुट्टाछुट्टै पार्टीको हुनुपर्छ।’

नेता बडुले संविधानको मुलभूत अन्र्तवस्तु चलाउन नहुने जिकिर गरे । उनले भने,‘अहिले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति हामी स्विकार गर्दैनौं, यो संविधानको मुलभूत विषयलाई चलाउन थाल्यौं भने अस्थिरता निम्तिन्छ, यो विषय अहिले प्रवेश गर्ने वेला भएको छैन्।’

प्रतिनिधि सभा सञ्चालन नियामावली दलहरुको बीचमा सहमति भएर नै पारित भएको उनले जनाए । नेता बडुले भने,‘सांसदहरु निलम्बन गर्ने विषय नियामावलीमा राख्ने होईन, त्यसको लागि छुट्टै ऐन बनाउने सहमतिका साथ अहिले निकास खोजिएको हो।’ संविधानको अहिले गलत व्याख्या हुन थालेकोमा चिन्ता व्यक्त सरकारले संविधानको कार्यान्वयनको लागि र अपव्याख्या हुन नदिन चाँडो भन्दा चाँडो कानून ल्याउनुपर्ने उनको जिकिर थियो ।