कांग्रेसको अन्तर्कलह छताछुल्ल :नेविसंघ हुँदै पार्टीभित्र छिर्‍यो खटपट

कांग्रेसको अन्तर्कलह छताछुल्ल :नेविसंघ हुँदै पार्टीभित्र छिर्‍यो खटपट


काठमाडौं – कांग्रेस पार्टीमा गुट–उपगुट नौलो विषय होइन । गुटबन्दीकै कारण कांग्रेस सभापति शेरबहादुर देउवाले कुनै बेला पार्टी नै फुटाएको इतिहास छ । गत पुसमा सम्पन्न महासमिति बैठकमा पार्टी एकजुट भएको र गुट–उपगुट अन्त्य भएको सन्देश दिन खोजेको कांग्रेसमा गुटबन्दीको अन्तर्कलह छताछुल्ल भएको छ ।

नयाँ नेतृत्व चयनका लागि कांग्रेसको महाधिवेशनको तयारी हुँदै गर्दा गुट-उपगुटको गन्ध सार्वजनिक कार्यक्रममै पोखिन थालेको छ । पार्टी संस्थापनको विरोधमा वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत कोइराला परिवारका नेताले बोल्ने गरेको भएपनि अब पार्टी सभापति देउवा नै आक्रामक रुपमा प्रस्तुत हुन थालेका छन् ।

कांग्रेस कोइरालाका छोरा–नातिको होइन : देउवा
बुधबार वीरगन्जमा आयोजित कार्यक्रममा सभापति देउवाले कोइराला परिवारप्रति आक्रोश भएर खनिए । बारामा १ सय ५१ किलोको मालासहित सम्मान ग्रहण गरेर देउवा वीरगन्ज पुगेका थिए । त्यहाँ जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै देउवाले भने, ‘चुनावमा जित–हार हुनु स्वाभाविक हो । २०५१ सालमा हामी पनि हारेका हौं । ०६४ मा पनि हार्‍यौं । अस्तिपल्ट पनि हार्‍यौं । हार्नु ठूलो कुरो होइन । ठूलो कुरो त पार्टीभित्रको अनुशासनहीनता हो । कुनै पनि पार्टीमा अनुशासन छैन भने त्यो पार्टीको भविष्य नै छैन । कांग्रेसमा अनुशासनहीनता बढेको छ । अब अनुशासन समिति गठन गरेर छानबिन गर्छु । अन्तर्घाती र अनुशासनहीन नेतालाई कारबाही गर्छु ।’

पार्टी केन्द्रीय सदस्य शेखर कोइरालाप्रति आक्रोश देउवा व्यक्तिगत रुपमै उत्रिए । उनले भने, ‘शेखर कोइराला बढी बोल्दै हिँडेको छ । कोइराला भन्दैमा पाइन्छ रु हामी जेल पर्दा, हामीले आन्दोलन गर्दा, हाम्रो टाउको फुट्दा कहाँ थिए उनीहरू रु यो पार्टीमा कोइराला भन्दैमा पाइन्छ ? कांग्रेस जनताको पार्टी हो, नेपाली जनताका छोराछोरीको पार्टी हो । कोइरालाका छोरा–नातिको होइन । केही गरेको छैन, कुनै योगदान छैन, अनि मेरो भन्दैमा पाइन्छ ? बढ्ता बोल्ने ?’

कोइराला परिवारका सदस्य शशांक, शेखर र सुजाताले चार दिनअघि गत शनिबार वीरगञ्जमै गिरिजाप्रसाद कोइराला फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा कोइराला परिवार एकजुट भएको सन्देश दिएका थिए । कार्यक्रममा सुजाताले भनेकीथिइन्, ‘भाषण गरेर मात्र पार्टी चल्दैन, काम गर्नुपर्छ अनि मात्र नेता बन्न सकिन्छ, हामी तीन कोइराला एक छौं, भन्नेले त नमिलेको भन्छन्, तर अरूले टाउको नदुखाए हुन्छ ।’ पछिल्लो समय शेखर कोइरालाले सभापति देउवाको चर्को आलोचना गर्ने गरेका छन् ।

पौडेलले दिए शेरबहादुरलाई च्यालेन्ज !
पार्टीको महासमिति बैठकमा ‘डीप लभ’ र ‘इमोसनल अट्याचमेन्ट’ भएको भनेर सार्वजनिक अभिव्यक्ति दिएका सभापति देउवा र नेता पौडेलबीच कुनै ‘लभ’ नभएको सार्वजनिक भएको छ । कार्यकर्तालाई देखाउन मात्रै लभको नाटक गरिएको नेता पौडेलले नै खुलासा गरेका छन् ।
बुधबार विद्यार्थी नेता लावस राईद्वारा लिखित ‘गति शक्ति र युवा’ पुस्तकको राजधानीमा लोकार्पण गर्दै वरिष्ठ नेता पौडेलले उपसभापति विजयकुमार गच्छदारले आग्रह गरेपछि सहमतिमा सहभागी भएको बताए ।

महासमिति बैठकको उद्घाटनका क्रममा उपसभापति विजयकुमार गच्छदारले उठेर हात मिलाउन गरेको आग्रह नमानेको तर सबै उठेपछि आफूले पनि हात उठाएको बताउँदै उनले भने, ‘महासमिति उद्घाटनमा मैले हात मिलाउन नमानेकै हो, सबै उठेपछि मात्रै उठें । म त भुक्तभोगी हुँ, विजयले कर गरेपछि मात्रै उठें, इस्यू र एजेन्डामा कुनै सहमति भएन ।’पौडेलले आफूले ल्याएको प्रस्तावको अरू विकल्प ल्याउन समेत देउवालाई चुनौती दिए । ‘म च्यालेन्ज गर्छु, शेरबहादुरजीले कि मलाई कन्भेन्स गरेर तपाईंको प्रस्ताव ठीक छैन भन्नुप¥यो कि त स्वीकार्नुप¥यो । नत्र विकल्प दिनुप¥यो ।’

पौडेलले कांग्रेसको १४ औं महाधिवेशन गर्ने खाका केन्द्रीय समिति बैठकमा प्रस्तुत गरेका छन् । तर देउवाले पौडेलको प्रस्तावमा कुनै प्रतिक्रिया जनाएका छैनन् । पौडेलले प्रजातान्त्रिक समाजवादको नारा जपेर मात्रै नहुने भन्दै आफूले दिएको समयभित्र १४ औं महाधिवेशन गरेर मात्रै पार्टीलाई अल्झनबाट मुक्त गर्न सकिने बताए । हाल कांग्रेसभित्र महासमिति बैठकले पारित गरेको पार्टीको विधानमा केन्द्रीय सदस्यलाई तलैबाट निर्वाचनमार्फत् महाधिवेशन प्रतिनिधि हुने गरी व्यवस्था गर्ने कि पुरानै व्यवस्थाअनुसार स्वतः प्रतिनिधि हुने विषयलाई कायम राख्ने भन्नेमा विवाद देखिँदै आएको छ । विवादकै कारण कांग्रेसको १० माघबाट जारी केन्द्रीय समिति बैठकले कुनै निर्णय गर्न सकेन ।

केन्द्रीय समिति बैठकमा नेपाल विद्यार्थी संघ ९नेविसंघ० को विषयमा विवाद हुँदा सभापति देउवाले आफू निकट नैनसिंह महर नेतृत्वको समिति विघटन गर्न बाध्य भएका छन् । नेविसंघको महाधिवेशनका लागि तदर्थ समिति गठन गर्ने विषयमा समेत कांग्रेसमा विवाद रहेको छ । नेविसंघको विवाद हल नहुँदै कांग्रेस पार्टीभित्रको विवाद छताछुल्ल भएको छ ।

नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० र प्रधानमन्त्री केपी शर्मा ओलीलाई अनेक सुझाव र अर्ति दिने सभापति देउवा र कांग्रेस नेताहरू आन्तरिक कलह मिलाउन नसकेर विवादमा रुमल्लिएका छन् । कांग्रेसले रचनात्मक प्रतिपक्षको समेत भूमिका निर्वाह गर्न नसकेको भन्दै आलोचना हुने गरेको छ ।