सभापति देउवाको विरोधमा सशक्त उत्रने पौडेल पक्षको तयारी

सभापति देउवाको विरोधमा सशक्त उत्रने पौडेल पक्षको तयारी


काठमाडौं – कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवा पार्टी विधान र सहमति विपरीत चलेको भन्दै सशक्त प्रतिरोध गर्ने तयारी गरेको छ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहलको निवासमा आइतबार चार नेताबीच भएको छलफलमा पदाधिकारी मनोनयन प्रक्रिया र भावी रणनीतिबारे छलफल भएको थियो।

‘भावी दिनमा कसरी अघि बढ्ने भन्नेबारे यसै साता संस्थापनइतर पक्षको भेला बलाउने तय भएको छ,’ बैठकमा सहभागी एक नेताले भने, ‘पदाधिकारी मनोनयन प्रक्रियालाई कसरी लिने र सभापति देउवाको गलत कार्यशैलीको कसरी प्रतिवाद गर्ने भन्नेबारे भेलाले तय गर्नेछ।’ यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।

सिंह निवासमा वरिष्ठ नेता पौडेल, सिंह, केन्द्रीय सदस्य अर्जुननरसिंह केसी र नवीन्द्रराज जोशीबीच छलफल भएको हो। पौडेलले नवनियुक्त पदाधिकारीहरू उपभासपति विलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महतले शनिबार आफूसँग गरेको छलफलको जानकारी गराएका थिए।