कांग्रेस हिन्दु राष्ट्रको पक्षमा छैनः विमलेन्द्र निधि

कांग्रेस हिन्दु राष्ट्रको पक्षमा छैनः विमलेन्द्र निधि


काठमाडौंं – प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नो पार्टी राज्यलाई हिन्दु राज्य नामाकरण गराउने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

पार्टीका महामन्त्री डा. शशांक कोइरालाले हिन्दु राज्यको पक्षमा वकालत गरिरहेका बेला उपसभापति निधिले हिन्दु राज्य बनाउने पक्षमा आफ्नो पार्टी नरहेको स्पष्ट पारेका हुन्।

बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले संविधान निर्माणको नेतृत्व गरेको आफ्नो पार्टी धर्म निरपेक्ष राज्यको मान्यतालाई स्वीकार गरेर अघि बढिरहेको बताए ।

नेपाली कांग्रेसको चार तारे झण्डाको एउटा मान्यता धार्मिक स्वतन्त्रता भएको र धर्म निरपेक्षता पनि त्यसैको परिपूरक भएकाले सोही मान्यतामा अडिग रहेको उनको तर्क थियो ।