काठमाडौं- १२ बजेसम्म पनि शीर्ष नेताहरु बैठकमा नआएपछि काँग्रेस महासमिति सदस्यहरुले हो-हल्ला गरेका छन् । आजको काँग्रेस महासमिति बैठक दुई घण्टाका लागि स्थगित भएको छ ।
शीर्ष नेताहरु विधान मस्यौदामा सहमति जुटाउन भन्दै विहानैबाट आपसी छलफलमा लागेपछि बैठकमा समयमै सहभागि हुन नसकेको बताइएको छ । १० बजे बैठक महासमिति बैठक सुरु भएपनि दुई घण्टासम्म नआएको भन्दै सदस्यहरुले होहल्ला गर्न थालेपछि बैठक स्थगित गरेको घोषणा गरेको काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए
विधान मस्यौदामा संस्थापन पक्ष र बरिष्ठ नेता पौडेल पक्षबीच पदाधिकारीको संख्याका विषयमा सहमति भएपनि निर्वाचन प्रकृयाकाबारेमा सहमति जुटेको छैन ।
प्रतिक्रिया