कांग्रेस केन्द्रीय समिति बैठकमा आज ११ प्रस्तावमाथि छलफल हुने

कांग्रेस केन्द्रीय समिति बैठकमा आज ११ प्रस्तावमाथि छलफल हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्दै छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक बिहान ११ बजेबाट सुरु हुने छ ।

यसअघि हिजोको बैठकमा विभिन्न ११ प्रस्तावमाथि छलफल सुरु भएको थियो ।

बैठकमा बुधवार उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले गरेका ११ प्रस्तावमाथि छलफल सुरु भएको र आजपनि त्यसमा छलफल जारी रहने छ ।

बैठकमा महासमिति बैठकबाट पारित प्रस्ताव, राष्ट्रिय सहमतिको सरकार गठनका सम्बन्धमा भएको सहमति, १०० दिने साङ्गठनिक अभियान (भदौ १५–मंसिर २५), अनुशासनको कारवाहीका लागि भएका सिफारिस, पार्टीका विभिन्न तहमा रिक्त स्थानका पदपुर्ती, भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्था र निर्देशक समिति लगायत कार्यसम्पादनका निर्णय, क्रियाशील सदस्यता वितरण (नयाँ र नवीकरण) प्रक्रिया, जनसम्पर्क समिति, नियमावली संसोधन प्रस्ताव, कांग्रेस ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका, २०८१’ र समसामयिक राजनीति र अन्य विविध विषयसम्बन्धी प्रस्ताव पेस गरिएको छ ।