राजावादीको सक्रियताबारे कांग्रेसले छलफल गर्दै

राजावादीको सक्रियताबारे कांग्रेसले छलफल गर्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- पछिल्लो समय राजावादीहरूको सक्रियता बढेपछि त्यस विषयमा छलफल गर्न प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।

आइतबार दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा बैठक बस्दैछ ।

बैठकमा समसायिक राजनीतिक विषयमा छलफल हुने पार्टीकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डीना’ले जानकारी दिइन्।

बैठकमा पछिल्लो समय बढ्दै गएको राजावादीहरुको सक्रियताबारे पनि छलफल हुनेछ। चैत ५ गते पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पार्टी पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न कार्यसम्पादन समितिको बैठक बोलाउने निर्णय गरेको थियो।

पछिल्लो समय राजावादीको प्रदर्शनबाट दलहरू सशंकित छन्। प्रतिपक्षी दलहरुले त राजावादीविरुद्ध विरोध प्रदर्शनकै तयारी गरेका छन्।