कम्युनिष्टहरु आफ्नै सिद्धान्तमा कन्फ्युज भए : नेता पौडेल

कम्युनिष्टहरु आफ्नै सिद्धान्तमा कन्फ्युज भए : नेता पौडेल


दाङ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टहरु आफ्नै सिद्धान्तमा कन्फ्युज भएको आरोप लगाएका छन् ।

आज (बिहिबार) दाङमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागिता जनाउदै नेता पौडेलले नेपालका कम्युनिष्टहरुले छलछामको राजनीति गरेको भन्दै जनतालाई गुमराहमा राख्ने काम गरिरहेको आरोप लगाए ।

आफ्नै सिद्धान्तको टुंगो लगाउन नसकेका कम्युनिष्टहरुले मुलुकलाई असफल पार्न खोजेको आरोप लगाउदै नेता पौडेलले भने, “आफूहरु सिद्धान्तमा नै कन्फ्युज भएपछि जनतालाई पनि कन्फ्युजनमा राख्ने प्रयास गरिरहेका छन् ।”