काठमाण्डु – नेपाली कांग्रेसको महाधिवेशनमा सहभागी हुन भारतबाट चारजना नेता काठमाण्डु आइपुगेका छन् । शुक्रबारबाट सुरु हुने कांग्रेसको १४ औं महाधिवेशनमा सहभागी हुनका लागि छिमेकी मुलुक भारतबाट चार नेता शुक्रबार काठमाण्डु आइपुगेका हुन् ।
कांग्रेसका सहमहामन्त्री एवं महाधिवेशनका लागि विदेशी पाहुना स्वागत तथा व्यवस्थापन समितिका संयोजक प्रकाशशरण महतले भारतबाट चार जना नेताहरू काठमाण्डु आइपुगेको जानकारी दिए । उनका अनुसार भारतीय जनता पार्टी(भाजपा) नेता हर्ष बर्धन र तृणमूल कंग्रेस नेता मुकुल रोयसहित ४ जना नेताहरू काठमाण्डु आइपुगेका हुन् ।
अन्य देशका प्रतिनिधिहरुलाई समेत निम्ता गरिएको भए पनि कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको त्रासका कारण धेरै देशबाट प्रतिनिधि नआउने भएका छन् ।
प्रतिक्रिया