कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघको नाराबाजी

कांग्रेस पार्टी कार्यालय सानेपामा नेविसंघको नाराबाजी


काठमाडौं – नेपाली कांग्रेस पार्टी कार्यालय सानेपामा भ्रातृ संगठन नेविसंघका कार्यकर्ताले नाराबाजी गरेका छन् । चावहिलस्थित पशुपति क्याम्पसमा भेला भएर मोटरसाइकल र्यालीसहित पार्टी कार्यालय पुगेका नेविसंघका कार्यकर्ताले ‘असफल नेतृत्व चाहिंदैन, म्याद थप्न पाईदैन’ भन्दै नाराबाजी गरेका हुन् ।

नेविसंघको कार्यकाल सकिएपनि म्याद थपेको भन्दै उनीहरुले विरोध गरेका हुन् । कांग्रेस केन्द्रीय समिति बैठकका लागि शीर्ष नेताहरु कार्यालय पुग्नेवित्तिकै विद्यार्थीहरुले नाराबाजी सुरु गरेका थिए ।