काठमाडौं- नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवाले उम्मेदवारी दर्ता गराएका छन् । आइतबार साँझ ६ बजे देउवाले वारेस मार्फत संसदीय दलको नेताको निर्वाचनमा उम्मेदवारी दर्ता गराएका हुन् ।
कांग्रेस पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि संसदीय दलको नेता उम्मेदवारी दर्ता गरेका छन्।
देउवाले मिन विश्वकर्मा र भरत कुमार शाहलाई आफ्नो उम्मेदवारीको लागि वारेसनामा दिएका थिए भने सिंह प्रस्तावक सीतादेवी यादव र समर्थक संजय गौतम रहेका छन्।
आइतबार साँझ ६ बजेदेखि साँझ ७ः३० बजेसम्मको लागि उम्मेदवारका लागि दरखास्त आह्वान गरिएकोमा दुवै उम्मेदवारले समयसिमा अगाडि नै उम्मेदवारी दर्ता गरेका हुन् ।
उम्मेदवारको अन्तिम नामावली प्रकाशन फागुन २१ गते बिहान ८ः३० बजे हुनेछ । फागुन २१ गते बिहान १० देखि दिनको १ बजेसम्म काँग्रेस संसदीय दलको कार्यालयमा मतदान हुनेछ।
स्बिर : यूपी लामिछानेको फेसबुकबाट
प्रतिक्रिया