कांग्रेसको शेखर समूहले सिफारिस गर्‍यो मन्त्रीको नाम

कांग्रेसको शेखर समूहले सिफारिस गर्‍यो मन्त्रीको नाम


काठमाण्डु –नेपाली कांग्रेसको डा. शेखर कोइरालाले नेतृत्व गरेको संस्थापन इतर समूहले मन्त्री बन्नेको नाम टुंग्याएर सिफारिस गरेको छ । टुंगो लगाइएका नाम नेता डा. कोइरालाले सभापति शेरबहादुर देउवालाई बुझाएका पनि उनी निकट स्रोतले जानकारी दियो ।

इतर समूहले चार मन्त्रालय पाउनु पर्ने दाबीसहित ४ नेताको नाम मन्त्रीका लागि सिफारिस गरेको हो । सुर्खेतका हृदयराम थानी, धादिङका रामनाथ अधिकारी, काठमाडौंका प्रदीप पौडेल र सप्तरीका तेजुलाल चौधरीको नाम मन्त्रीमा सिफारिस गरेको निकटस्थ स्रोतले जानकारी दियो । चारै नेता प्रत्यक्ष निर्वाचित सांसद हुन् ।

मन्त्री बन्न आकांक्षा राखेका नेताहरू अर्जुननरसिंह केसी, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियारलाई सिफारिस नगरेर नयाँ नेताहरूलाई सिफारिस गरिएको हो । सिफारिस नेताहरूमध्य थानी मात्रै एक पटक मन्त्री भएका नेता हुन् ।

समूहको बिहान बसेको बैठकले मन्त्री छान्ने जिम्मेवारी डा. कोइराला, उपसभापति धनराज गुरुङ र महामन्त्री गगन थापालाई जिम्मेवारी दिएको थियो । नेताहरूले छानेर सिफारिस गरेका हुन् ।