काठमाडौं – आर्थिक वर्ष २०७६-७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले मेरो सरकार भनेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आपत्ति जनाएका छन् ।
ट्विटरमा प्रधानमन्त्रीलाई म्यानसन गर्दै कांग्रेस प्रवक्ता शर्माले भनेका छन्, ‘सम्माननीय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
सम्माननिय @PM_Nepal मेरो देशमा नेपाली जनताले बनाएको नेपाल सरकार छ कि रास्ट्रपतिको सरकार ?
कुनै बेला `श्री ५ को´ सरकार थियोे, राजाले `मेरो सरकार´ भनेर सम्बोधन गर्थे l आज रास्ट्रपतिले उहि शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?
— Bishwa Prakash शर्मा (@bishwaprakash77) May 3, 2019
प्रवक्ता शर्माले राजतन्त्र रहँदा ‘श्री ५ को’ सरकार हुँदा मेरो सरकार भन्थे तर अहिलेको संविधानले राष्ट्रपतिलाई सोही शैलीमा बोल्ने अधिकार नदिएको तर्क गरेका छन् । ‘कुनै बेला ‘श्री ५ को’सरकार थियोे, राजाले ‘मेरो सरकार’ भनेर सम्बोधन गर्थे ? आज राष्ट्रपतिले उही शैलीमा भन्न मिल्ने हाम्रो संविधानको कुन धारामा ब्यवस्था छ ?’
प्रतिक्रिया