काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न नेपाली कांग्रेस र नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष दाबी पेश गरेका छन् ।
राष्ट्रपति पौडेलले आईतबार साँझ ५ बजेसम्म समय दिए पनि दुवै दलले शुक्रबारै राति दाबी पेश गरेका छन् ।
२७५ सदस्यीय प्रतिनिधि सभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधि सभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । २ दलको मत संख्या जोड्दा सहज बहुमत १६७ पुगेको छ ।
यसअघि प्रतिनिधि सभामा माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले विश्वासको मत माग्दा विश्वासको मतको पक्षमा ६३ र विपक्षमा १९४ मत खसेको थियो । संसद्को विश्वासका लागि आवश्यक पर्ने मत प्राप्त गर्न नसकेपछि प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएका थिए ।
प्रतिक्रिया