५ लाखको सुट लगाएको प्रमाणित र पुष्टि गर्न उर्जामन्त्रीको चुनौती

५ लाखको सुट लगाएको प्रमाणित र पुष्टि गर्न उर्जामन्त्रीको चुनौती

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ– उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनले आफ्नो बारेमा साँघु साप्ताहिक र साँघुन्युज डटकममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघुन्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको स्पष्ट पार्दै पुनका प्रेस संयोजक रोशन खड्काले जारी गरेको विज्ञप्तिमा ५ लाख त के आफ्नो राजनीतिक जीवनभर १० हजारमाथिको सुट लगाएको प्रमाणित र पुष्टि गर्न चुनौती दिएका छन् ।

‘कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्यबिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगतरुपमा आक्षेप लगाउने नियतका साथ आएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतिले नै प्रष्ट पारेको छ ।’

उक्त समाचार पढ्दा मन्त्री पुनको चरित्रहत्या गर्न खोजिएको र आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।’

‘आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं’, विज्ञप्तिमा भनिएको छ, ‘तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ ।’ विज्ञप्तिमा पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ ।

प्रेस विज्ञप्ति
उर्जा, जलस्रोत एवं सिंचाईमन्त्री वर्षमान पुनका बारेमा सांघु न्युज डटकममा प्रकाशित समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । ‘पाँच लाखको सुट लगाउने सर्वहारा मन्त्री’ भन्ने शीर्षकमा साँघु न्युजमा प्रकाशित भएको उक्त समाचार भ्रामक, तथ्यहीन र कपोलकल्पित भएको हामी स्पष्ट पार्न चाहन्छौं । कुनै पनि आधिकारिक प्रमाण र ठोस तथ्य बिना स्रोतको हवाला दिदैं लेखिएको उक्त समाचार व्यक्तिगत रुपमा आक्षेप लगाउने नियतका साथ आएको छ ।

यो समाचारमा कुनै सत्यता नभएको समाचारको प्रस्तुतीले नै प्रष्ट पारेको छ । माननीय मन्त्रीज्यूले राजनीतिक जीवनमा आजसम्म पाँच लाख त के १० हजारभन्दा माथिको सुट लगाएको प्रमाणित गर्न पनि हामी सांघु न्युजलाई चुनौती दिन चाहन्छौ । यो समाचार पढ्दा मन्त्रीज्यूको चरित्रहत्या गर्न खोजिएको छ भने आम पाठकमा भ्रम सिर्जना गर्न खोजिएको छ ।

यदि सत्य समाचार हुन्थ्यो भने कुन ठाउँबाट सुट सिलाएको भन्ने कुरा पनि उल्लेख गर्नुपथ्र्यो र एकपटक पत्रकारिताको धर्मअनुसार नै सम्बन्धित पक्षको धारणा लिनुपथ्र्यो । तर, समाचारमा एकपक्षीय, पूर्वाग्रही ढंगले चरित्रहत्या गर्ने नियत राखिएको पाइयो । त्यसैले यो समाचारमा सत्यता नभएको र सम्पूर्ण जनसमुदायलाई भ्रममा नपर्न समेत हामी आग्रह गर्न चाहन्छौं ।

आमसञ्चारलाई हामी राज्यको चौथो अंगका रुपमा सदैव सम्मान गर्दछौं । तर, जनतालाई सत्य, तथ्यबाट सूसुचित गर्ने गहन र महत्वपूर्ण जिम्मेवारी बोकेको निकायबाट यस्ता त्रुटिपूर्ण समाचारहरु प्रकाशन हुनुले हामीलाई अत्यन्तै दुःखित तुल्याएको छ । त्यसैले पाठकको सही सूचना पाउने अधिकारको सम्मान गर्न पनि हामी सम्बन्धित पक्षको ध्यानाकर्षण गर्न चाहन्छौं ।

मितिः २०७४/१२/१२

रोशन खड्का
प्रेस संयोजक
उर्जा, जलस्रोत एवं सिंचाईमन्त्रीको सचिवालय