सिरहाको लहानमा बम विष्फोट : घाइते ८ जनामध्ये ६ जनाको अवस्था गम्भीर

सिरहाको लहानमा बम विष्फोट : घाइते ८ जनामध्ये ६ जनाको अवस्था गम्भीर


सिरहा-  सिरहाको लहान नगरपालिकामा बम विष्फोट हुँदा ६ जना घाइते भएका छन् । स्थानीय विकास सारडाको सुन चाँदी पसलमा बम विष्फोट हुँदा ६ जना घाइते भएका हुन् । पसलमा अपरिचित व्यक्तिले सामानसहितकाे झोला राख्न दिएकाे र उक्त झोलामा रहेकाे सामान केही छिनपछि विष्फोट भएकाे पसलका सञ्चालक  सारडाले जनाए।

 विष्फोटबाट पसलभित्र लाखौंको क्षति भएको हुनसक्ने प्रहरीको अनुमान छ। घाइते भएका विकास सारडा, उनका भाइ राहुल सारडा, सुनपसलका कर्मचारीहरु अस्मिता चौधरी, बिनिता चौधरी घाइते भएका छन्।

यसैगरी, मझौरा घर भएकी ग्राहक देवकुमारी यादव र उनका ७ वर्षीय छोरा सतिस यादव घाइते भएका छन्। घाइतेहरुको स्थानीय सप्तऋषि हस्पिटलमा उपचार भइरहेको सिरहाका प्रहरी प्रमुख एसपी शेखर कोइरालाले बताए ।

 त्यसैगरी घाइतेहरु माधोपुरका बबिता यादब र सप्तरी सुरुंगाकी मोनिकादेवी रामको लाहान स्थित अर्को अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले बम विस्फोट कसले गराएको भन्नेबारे अनुसन्धान भइरहेको जनाएको छ।