ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै निर्माण व्यवसायी बस्नेत पक्राउ

ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै निर्माण व्यवसायी बस्नेत पक्राउ


काठमाडाैँ- समयमा काम सम्पन्न नगरेकाे भन्दै प्रहरी एकजना निर्माण ब्यवसाहीलार्इ पक्राउ गरेकाे छ । ठेक्का दिएको काम समयमा नै नसकेको भन्दै सिरुवा कन्सट्रक्सन कम्पनीका व्यवसायी सुरेन्द्र बस्नेतलाई प्रहरीले पक्राउ गरेको हो।

भवन, सडक तथा पुल निर्माणको ठेक्का लिएर लापरबाही ढंगले काम गर्ने कम्पनी र ठेकेदारको सूची बनाएर एक साताभित्र पठाउन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को निर्देशनपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय बिहिबार परपत्र जारी गरेकाे थियाे । मन्त्रालयकाे परिपत्र अनुसार प्रहरीले जिल्ला प्रशासन कार्यलयकाे निर्देशनमा उनलार्इ पक्राउ गरेकाे हाे ।

पृथ्वी राजमार्गको कास्कीस्थित गगनगौँडा देखि लेखनाथ नगरपालिकासम्मको १४ सय ७४ मिटर सडक १५ महिनामा सम्पन्न गर्ने गरी ठेक्का सिरुवा कन्सट्रक्सन कम्पनीले पाएको थियो। ’जिल्ला प्रशाससन कार्यालयको निर्देशनमा पक्राउ गरेको हौँ।’ जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले भने ।

बस्नेतले सडक स्तरउन्नतिको लागि २ करोड ४४ लाख रुपैयाँमा ठेक्का लिएका थिए। पक्राउ परेका बस्नेतलाई समयमा नै काम सक्ने लिखित कागज गराएर छोड्ने तयारी भइरहेको छ।