कांग्रेसमा चुलियो विवाद, उम्मेदवार चयनबारे अन्यौल

कांग्रेसमा चुलियो विवाद, उम्मेदवार चयनबारे अन्यौल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं — विधानविपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ ।

 

 

 

 

 

 

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्‍याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् ।

 

 

 

 

 

विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पनि पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत गठन भएको भन्दै भंग गरी विधानअनुसार निर्माण गर्नुपर्ने माग अघि सारेको छ । यो मागमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षसमेत जोडिएको छ । सिटौला पक्षले पनि विधानविपरीतको अभ्यास गर्न नहुने भन्दै सभापतिलाई विधानसम्मत रूपमा चल्न आग्रह गर्दै आएको छ ।

 

 

 

 

 

केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमै विधानविपरीत गठन भएको समितिमा आफू नरहेको घोषणा गरेका थिए । समिति नै विवादमा परे पनि सभापति देउवाले तत्काल भंग गरेर नयाँ समिति बनाउने सम्भावना कम रहेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।

 

 

 

 

विकल्पमा देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेताहरू बोलाएर उम्मेदवार चयन गर्ने विषयमा छलफल थालेका छन् । शनिबार साँझ पनि देउवाले यस विषयमा छलफल गरेका थिए । तर, उक्त छलफल कुनै निष्कर्षमा पुग्न सकेको छैन । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग तालमेल गरेर अघि बढ्ने समझदारी गरेको छ । स्रोतका अनुसार शनिबार यसबारे तीन पार्टीबीच बालुवाटारमा औपचारिक छलफल सुरु भएको छ 

काठमाडौँ — विधानविपरीत गठन भएको संसदीय समितिको बैठकमा सहभागी नहुने निर्णय वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय सदस्यहरूले गरेपछि कांग्रेसमा राष्ट्रिय सभा सदस्यको उम्मेदवार चयन कुन निकायले गर्ने भन्नेबारे अन्योल भएको छ ।

 

पार्टी सभापति शेरबहादुर देउवाले शनिबार बिहान बोलाएको शीर्ष बैठकमा पौडेल पक्षले संसदीय समिति विधानसम्मत नभएसम्म आफूहरू बैठकमा उपस्थित हुन नसक्ने निर्णय सुनाएका थिए । देउवाले विधानविपरीत १७ जनाको संसदीय समिति बनाएका छन् । समितिमा आफ्नो पक्षको बहुमत पुर्‍याउन उनले विधानले व्यवस्था गरेभन्दा बढी सदस्य राखेका हुन् ।

 

 

 

 

 

विधानअनुसार समितिमा हाल रहेका तीन पदाधिकारी र ८ सदस्य मात्रै हुनुपर्ने हो । ११ सदस्यीय हुनुपर्नेमा देउवाले १७ सदस्यीय बनाएपछि पौडेल पक्षले त्यसको विरोध गर्दै आएको छ । केन्द्रीय कार्यसमिति बैठकमा पनि पौडेल पक्षले संसदीय समिति र कार्यसम्पादन समिति विधानविपरीत गठन भएको भन्दै भंग गरी विधानअनुसार निर्माण गर्नुपर्ने माग अघि सारेको छ । यो मागमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षसमेत जोडिएको छ । सिटौला पक्षले पनि विधानविपरीतको अभ्यास गर्न नहुने भन्दै सभापतिलाई विधानसम्मत रूपमा चल्न आग्रह गर्दै आएको छ ।

 

 

 

 

 

केन्द्रीय सदस्य शेखर कोइरालाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकमै विधानविपरीत गठन भएको समितिमा आफू नरहेको घोषणा गरेका थिए । समिति नै विवादमा परे पनि सभापति देउवाले तत्काल भंग गरेर नयाँ समिति बनाउने सम्भावना कम रहेको देउवानिकट एक केन्द्रीय सदस्यले बताए ।

 

 

 

 

विकल्पमा देउवाले पार्टी पदाधिकारीसहित शीर्ष नेताहरू बोलाएर उम्मेदवार चयन गर्ने विषयमा छलफल थालेका छन् । शनिबार साँझ पनि देउवाले यस विषयमा छलफल गरेका थिए । तर, उक्त छलफल कुनै निष्कर्षमा पुग्न सकेको छैन । कांग्रेसले राष्ट्रिय सभा निर्वाचनमा राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरमसँग तालमेल गरेर अघि बढ्ने समझदारी गरेको छ । स्रोतका अनुसार शनिबार यसबारे तीन पार्टीबीच बालुवाटारमा औपचारिक छलफल सुरु भएको छ । अाजको कान्तिपुर दैनिकमा खबर छ ।