कोलम्बियालाई हराउंदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुग्यो

कोलम्बियालाई हराउंदै अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुग्यो


एजेन्सी -अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पुगेको छ । गोलरक्षक इमिलियानो मार्टिनेजले तीनवटा पेनाल्टी रोकेपछि कोलम्बियालाई हराउंदै अर्जेन्टिना फाइनलमा पुगेको हो । अव उसले फाइनल खेल ब्राजिलसंग खेल्नेछ । ब्राजिलले यसअघि पेरुलाई हराएर फाइनलमा पुगिसकेको छ ।

ब्रासिलियामा बुधवार विहान सम्पन्न खेलमा निर्धारित समयमा दुवै टिमले १–१ गोलको बराबरी खेलेपछि नतिजाको छिनोफानो पेनाल्टीबाट भएको थियो । पेनाल्टी शुटआउटमा अर्जेन्टिना ३–२ गोल अन्तरले विजयी भएको हो ।

अर्जेन्टिना र ब्राजिलबीचको फाइनल खेल आइतबार विहान हुनेछ ।