काठमाण्डु- सहिद स्मारक ए डिभिजनल क्लब च्यासल युथ क्लबका दुई खेलाडीमा कोरोना संक्रमण देखिएको छ । गत साता पोखरामा मनाङ मस्र्याङ्दीसँग खेलेर काठमाडौं फर्किएका दुई खेलाडीमा कोरोना देखिएको टोलीका सहायक प्रशिक्षण आशिख थापा मगरले जानकारी गराए । उनका अनुसार गोलरक्षक प्रदीप भण्डारी र डिफेन्डर कमल श्रेष्ठलाई कोरोना देखिएको हो ।
गत हप्ता पोखरा रंगशालामा च्यासल ५-० ले पराजित भएको थियो । त्यसपछि काठमाडौं आएसंगै खेलाडीको टेस्ट लिँदा कोरोना देखिएको मगरले जानकारी गराए । दुवै टोलीको नियमित खेलाडीसमेत हुन् । अब, नवौं चरणमा च्यासलले पुलिससँग खेल्दै छ । यता, जावलाखेलसमेत खेलाडी बिरामी हुँदा बिहीवारको बिहानी सत्रमा १४ खेलाडीलाई प्रशिक्षणमा सामेल गराएको थियो ।
मुख्य प्रशिक्षक किशोर केसीले खेलाडीमा रुघाखोकी देखिएकाले गोलकिपरसहित १४ खेलाडीले मात्रै अभ्यास गरेको र केही खेलाडी निको हुने अवस्थामा रहेको बताए ।
प्रतिक्रिया