कोरोना भाइरसको डरले इरानले छोड्यो ५४ हजार कैदी

कोरोना भाइरसको डरले इरानले छोड्यो ५४ हजार कैदी


एजेन्सी – कोरोना भाइरसको संक्रमण फैलनबाट रोक्नका लागि इरानले करीब ५४ हजार कैदीलाई अस्थायी रुपमा रिहा गरेको छ ।

जुन जेलमा कैदीको संख्या अधिक रहेको छ र जेल भरिभराउ भएको छ त्यहाँ कोरोना भाइरसको संक्रमण रोक्नका लागि यो कदम उठाइएको हो । न्यायपालिकाका प्रवक्ता घोलममुसेन इस्माइलीले पत्रकारलाई जानकारी गराएका छन्, “यी कैदीहरुको जाँच गरिएको छ र उनीहरुको नमुना नेगेटिभ पाइएको छ । उनीहरुलाई जमानतमा अस्थायी रुपमा छोडिएको छ ।”

यद्यपि पाँच वर्ष भन्दा बढीको सजाय सुनाइएका सेक्यूरिटी प्रिजनर्सलाई भने छोडिएको छैन । ब्रिटिस–इरानी च्यारिटी वर्क नाजनीन जघारी–रेटक्लिफलाई पनि चाँडो छाडिने बीबीसी हिन्दीले जनाएको छ ।

नाजनीनका पतिले शनिबार भनेका छन्, “मलाई मेरी पत्नी कोरोनाभाइरसको संक्रमण भएको थाहा छ । उनी हाल तेहरानमा एभिन जेलमा रहेकि छन् । यद्यपि अधिकारीले उनको जाँच गर्न रोकेका छन् ।”

नाजनीनलाई जासुसीको आरोपमा दोषी पाइएपछि २०१६ मा पाँच वर्षको सजाय सुनाइएको थियो । यद्यपि बेलायतले भने उनी निर्दोष भएको बताउँदै आएको छ ।