जुठो खाना खाँदा एकै परिवारका ९ जनालाई कोरोना संक्रमण

जुठो खाना खाँदा एकै परिवारका ९ जनालाई कोरोना संक्रमण


एजेन्सी – हङकङमा एउटै परिवारका ९ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । उनीहरुले आपसमा जुठो खाना बाडेर खाँदा कोरोनाको संक्रमण भएको पुष्टि भएको छ ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार एकै परिवारका उनीहरूले आपसमा खाना साटासाट गरेर खाएका थिए । गत जनवरीको २६ मा हङकङको कुवुन टोङस्थित लेन्टो पार्टी कोठामा भेला भई एकै परिवारका ती ९ जनाले खानपान गरेका थिए ।

तर उनीहरुमध्ये पहिले कसलाई संक्रमण थियो र सबैलाई र्सयो अथवा त्यो खानामै भाइरस थियो भन्ने विषयमा समाचारमा स्पष्ट उल्लेख गरिएको छैन । हङकङका स्वास्थ्य अधिकारीका अनुसार कोरोना सार्ने माध्यम पत्ता लगाउन निकै कठिन भएको बताएका छन् ।