केएमसीका एक डाक्टरसहित कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

केएमसीका एक डाक्टरसहित कर्णालीमा १६ जना कोरोना संक्रमित थपिए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कर्णाली प्रदेशमा १६ जना कोरोना भाइरसका संक्रमित फेला परेका छन् ।

बुधबार सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेश सुर्खेतको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बुधबार थप १६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको जानकारी दिएका छन् । संक्रमित हुनेहरुमा ४ महिनाका शिशु देखि ४२ वर्ष उमेर समूहका छन् ।

परीक्षणमा सल्यानको कुमाख गाउँपालिका ३ का २ जना १९ र २४ वर्ष पुरुष, दैलेख नौमुले गाउँपालिका ८ का २५ वर्षका पुरुष, दैलेख नारायण नगरपालिका २ का ५ जना पुरुष रहेका छन् ।

उनीहरु २० देखि ३० वर्षका रहेका छन् । त्यस्तै काठमाडौं मेडिकल कलेजका एक जना चिकित्सकमा कोरोना संक्रमण पुष्टी भएको छ ।