कोरोना भाइरस चीनमा, असर भारतीय गाउँमा

कोरोना भाइरस चीनमा, असर भारतीय गाउँमा


एजेन्सी – पश्चिम बंगालमा पूर्वी मिदनापुर जिल्लाको भगवनापुर गाउँ चीनको वुहान सहरबाट २,७९९ किलोमीटर पर रहेको छ । वुहानबाट यती पर भएबावजुद कोरोना भाइरसका कारण नराम्ररी प्रभावित भएको छ ।

यो क्षेत्रमा बस्ने पुतुल बेरा तथा रीता मेती जस्ता सयौं मानिस कोरोना भाइरसका कारण संकटमा छन् । यी मानिसहरु मानिसको कपालका सामग्री बनाउने काम गर्छन् । उनीहरुले महिनामा करिब ५० टनको उत्पादन गर्दै आएका थिए ।

यसलाई उनीहरुले चीन निर्यात गर्ने गरेका थिए । तर विगत २ सातादेखि उनीहरुको यो काम रोकिएको छ ।यो कारोबारबाट घर खर्च चलाउदै आएकि रीता मेदी भन्छिन्, “हामीलाई थाहा थिएन कि कुन भाइरसको आक्रमण हुन्छ भनेर । हामीले हजारौ रुपैयाँको कपाल किनेका थियौं ।”

रीताकी छिमेकी पुलुब बेरा र उनका पति ४० हजारको मूल्यमा मानिसको कपालका साथ फसेका छन् । उनीहरुलाई ठूला व्यापारी र निर्यातकर्ताबाट आफ्नो हजारौ रुपैयाँ भुक्तानी हुने अपेक्षा थियो । पुतुल भन्छिन्, “हामीले चीनमा सामग्री बिक्री गर्न पाएका छैनौं । त्यसैले हामीले बक्यौता पैसा तिर्न पाएका छैनौं ।”

यो क्षेत्रका सैयौ एजेन्टले मानिसको कपाल संकलन गरेका छन् । कपाल कोर्दाको समयमा कपाल काधमा झर्छ र यसलाई छोटो–छोटो गुच्छामा एजेन्टलाई बिक्री गरिँदै आएको छ । पंजाब र कश्मीरका पुरुष तथा महिलाको कपाल लम्बाइका कारण राम्रो मानिन्छ र मूल्य पनि बढी हुन्छ । भगबानपुर, चण्डीपुर तथा यसको आसपासको क्षेत्रमा ट्रक, रेल तथा एयर कार्गोबाट पनि बोरामा भरेर मानिसको कपाल आउने गरेको छ ।

कपालको यी गुच्छा मिलाएर धुने गरिन्छ । पछि सुकाएर ५ देखि २६ इन्च सम्म फरक–फरक आकारमा काटिन्छ र पछि यसलाई बन्डल बनाएर चीनमा निर्यात गरिन्छ । कपालको यो काम कारखानादेखि लिएर घरमा समेत गरिन्छ । तर हाल आएर भने यो सबै काम रोकिएको छ ।

कपालका एक ठूला निर्यात शेश हसीफुर रहमान भन्छन्, “कोरोना भाइरसका कारण चीनका साथै मेरो सारा व्यापारिक कामकाज ठप्प भएको छ । चिनियाँ खरिदकर्ता यहाँ आउन असमर्थ रहेका छन् र हामी पनि तयार भइसकेको उत्पादन निर्यात गर्न सक्दैनौं। यहाँका ८० प्रतिशत भन्दा बढी मानिस बेरोजगार भएका छन् ।”

हाल उनीहरुको कारखाना खाली भएको छ, जहाँ केही साता पहिले दैनिक करिब २५–३० मानिस काम गर्दै आएका थिए । यहाँ वर्षभरीनै चिनियाँ खरिदकर्ता आउने जाने गर्दथे । उनीहरु सबै चिनियाँ नयाँ वर्ष मनाउनका लागि गएका उनीहरु मध्ये कोही पनि फर्केर आएका छैनन् ।

कपालको वयापार यो क्षेत्रको अर्थव्यवीसथाको मुख्य आधार हो । यो अचानक बन्द हुनाले यसको असर अन्यमा पनि परिरहको छ । कोरोना भाइरसले अर्थव्यवस्थामा कसरी असर पारिरहेको छ भन्ने विषयमा अझै प्रज्वल राम्ररी बताउछन् ।

उनी एक राष्ट्रिय बैंकका एजेन्ट हुन् । उनले बैंकको काउन्टरले जस्तै मानिसबाट पैसा जम्मा गर्छन र उनीहरुलाई भुक्तानी पनि दिने गर्छन् । आफ्नो काउन्टरबाट दैनिक करिब १० लाख भारुको लेनदेन हुने गरेको तर कोरोना भाइरसका कारण यसमा ९० प्रतिशतले गिरावट आएको उनी बताउछन् ।