चीनमा कोरोना भाइरसका संक्रमित घटे, अन्य ३१ देशमा फैलियो

चीनमा कोरोना भाइरसका संक्रमित घटे, अन्य ३१ देशमा फैलियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – चीनमा घातक कोरोना भाइरसबाट थप ७१ जनाको मृत्यु भएको छ । यो सहित चीनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६६३ पुगेको छ । कोरोनाभाइरसको संक्रमण हालसम्म विश्वका ३१ देशमा पुगिसकेको छ । यो सूचीमा थपिने पछिल्ला मुलुकहरुमा पश्चिम एसियाका दुई देश बहराइन र कुवेत परेका छन् ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोग (एनएचसी) का अनुसार यसको ५०८ नयाँ बिरामी देखा परेका छन् । यसका साथै चीनमा यसबाट संक्रमित हुनेको संख्या ७७,६५८ पुगेको छ । पछिल्लो मृत्यु हुने ७१ मध्ये ६८ जना हुबेइ प्रान्तका रहेका छन् । यहाँ भाइरसका सर्वाधिक प्रभावित रहेका छन् । यसैगरी सानडोङमा २ र गुआङडोङमा १ जनाको मृत्यु भएको छ ।

यद्यपि संक्रमण विस्तारको संख्यामा कमी आएको एनएचसीले बताएको छ । सिन्ह्वाको समाचार अनुसार सोमबार २५८९ मानिसलाई उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको छ । एनएचसीका अनुसार आइतबारसम्म कुल २७३२३ संक्रमित मानिस अस्पतालबाट डिस्चार्ज भएका छन् ।

नयाँ संक्रमणको संख्या सोमबार लगातार छैटौं दिनमा पनि १००० भन्दा कम कायम भएको थियो । चीनका लागि विश्व स्वास्थ्य संगठनका मिशन प्रमुख ब्रुस एलवर्डले संक्रमितको संख्यामा गिरावट आएको पुष्टि गर्दै भनेका छन्, “चीन सरकारले उठाएको कदमका कारण यसको नयाँ मामिलामा कमी आएको छ ।” यसैगरी विश्व स्वास्थ्य संगठनले चीनमा कोरोनाभाइरस चरम अवस्थामा पुगेको जनाएको छ ।