कोरोना प्रभाव : चीनको स्मार्टफोन बिक्री एक तिहाइले घट्ने

कोरोना प्रभाव : चीनको स्मार्टफोन बिक्री एक तिहाइले घट्ने


एजेन्सी – गत वर्षको समान अवधिको तुलनामा मार्चमा अन्त्य हुने त्रैमासिक अवधिमा चीनको स्मार्टफोन सिपमेन्ट ३० प्रतिशत भन्दा बढीले घट्ने अन्तर्राष्ट्रिय डाटा कर्पोरेसनले जनाएको छ ।

कोरोनाभाइरसको संक्रमणले लुनार नयाँ वर्षको किनमेल सिजन प्रभावित भएको थियो । जनवरीको अन्त्यमा परेको यो पर्व प्रभावित भएको र आगामी महिनाहरुमा पनि विपरित प्रभाव पर्न सक्ने आईडीसीले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

२०२० को पहिलो त्रैमासिक अवधिमा चीनको स्मार्टफोनको सिपमेन्ट वार्षिक मापनका आधारमा ३० प्रतिशत भन्दा बढीले ओरालो लाग्ने अपेक्षा संस्थाको रहेको छ ।
कारोनाभाइरसको संक्रमण अगाडिसम्मको अवधिमा चीनको चलचित्र हलहरुले यो वर्षकै बढी टिकट बिक्री गर्दै आएका थिए । यसको व्यवस्थापनका लागि अतिरिक्त कर्मचारी राख्नु परेको थियो । हाल धेरैजसो थियटरहरु २ साता भन्दा बढीको अवधिदेखि बन्द रहेका छन् ।

दर्शकलाई चलचित्र हेर्न थियटरमा जान आत्मविश्वास बटुल्नका लागि महिनौ लाग्न सक्छ । यो बन्द २० वर्ष अवधिकै लामो भएको एक थियटरका व्यवस्थापकले बताएका छन् । २००३ मा सार्सको पनि यति ठूलो प्राव नपरेको उनी बताउँछन् ।