कालिकोट दुर्घटनाः घाइतेको किष्ट अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै

कालिकोट दुर्घटनाः घाइतेको किष्ट अस्पतालमा मृत्यु, कोरोना परीक्षण हुँदै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कालीकोटको नरहरीनाथ गाँउपालिका- १ लालिघाट बजारमा भएको टिप्पर दुर्घटनामा घाइते भएका एक जनाको किष्ट अस्पतालमा निधन भएको छ । योसँगै दुर्घटनामा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ ।

किष्टमा उपचाररत निस्पता सार्कीको आज निधन भएको हो । उनीहरुलाई कोरोना संक्रमणको आशंकामा मृतक र घाइते दुबै जनाको स्वाब संकलन गरेर परीक्षणका लागि राष्ट्रिय जनस्वास्थय प्रयोगशाला पठाइएको छ । यस्तै अर्का घाइतेलाई किस्टले पुनः ट्रमा सेन्टर रिफर गरेको छ ।

भारतबाट आएकाहरुलाई लिन नगरपालिकाले पठाएको ना ८ ख ५१३३ नम्बरको टिप्पर बुधबार दुर्घटना हुँदा दुई जनाको घटना स्थलमै ज्यान गएको थियो ।

दुर्घटनामा १२ जना घाइते भएका थिए । जसमध्ये गम्भीर अवस्थाका दुई जनालाई नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं पठाइएको र बाँकी १० जनाको उपचार जिल्ला अस्पताल कालिकोटमा भइरहेको छ ।