सरकारले तीन वटा अस्पताललाई कोभिड अस्पताल बनायो

सरकारले तीन वटा अस्पताललाई कोभिड अस्पताल बनायो


काठमाण्डु – सरकारले थप तीन वटा अस्पताललाई कोरोना अस्पताल बनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाण्डुको कान्तिपुर र जनमैत्री साथै वीरगञ्जको नेशनल मेडिकल कलेजको शीक्षण अस्पताललाई कोभिड अस्पतामा रुपान्तरण गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना संक्रमणको दर बढ्दै गइरहेकाले कोभिड अस्पतालको संख्या बढाइएको जानकारी दिए ।