सुदूरपश्चिम प्रदेशका सभामुख थापालाई कोरोना संक्रमण

सुदूरपश्चिम प्रदेशका सभामुख थापालाई कोरोना संक्रमण


धनगढी – सुदूरपश्चिम प्रदेशसभाका सभामुख अर्जुनबहादुर थापालाई कोरोना संक्रमणको पुष्टि भएको छ ।

ज्वरो र शरीर दुख्ने समस्या देखिएपछि शनिबार नमूना परीक्षण गराउँदा सभामुख थापालाई कोराना संक्रमणको पुष्टि भएको हो ।

सभामुख थापालाई कोरोना संक्रमण भएको उनका स्वकीय सचिव कविन्द्र रोकायाले जानकारी दिए । सभामुख थापा धनगढीस्थित आफ्नै निवासमा होमआइसोलेसनमा बसेका छन् ।