काठमाडौं – नेपालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत गोकर्णका ५४ वर्षिय पुरुषको असार २५ गते बिहिबार मृत्यु भएको हो ।
२६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा. मुकुन्द राज जोशीले जानकारी दिए ।
ती पुरुष मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना गरिएका ती पुरुषमा श्वासप्रश्वासको समेत समस्या भएकाले २१ गते स्वाबको नमूना संकलन गरेर परीक्षणका लागि पठाइएको थियो ।
मृत्यु भएको भोलिपल्ट ती पुरुषमा कोरोना पोजेटिभ पुष्टि भएको हो । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।
प्रतिक्रिया