१२ हजार ६ सयको कोरोना परीक्षण, ५ हजार ७ सय क्वारेन्टाइनमा

१२ हजार ६ सयको कोरोना परीक्षण, ५ हजार ७ सय क्वारेन्टाइनमा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले मंगलवारसम्म १२ हजार ६ सय ९ जनामा कोरोना परीक्षण गरिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले पिसिआर र र्‍यापिड टेस्ट गरी परीक्षण गरिएको बताए । उनले २१ जिल्लामा मात्रै कोरोनाको परीक्षण हुन बाँकी रहेको बताए ।

उनका अनुसार मोबाइल एपबाट कोरोना परीक्षणका लागि १६ हजार ४ सय ४८ जनाले नाम दर्ता गराएका छन् । ५ हजार ७ सय ७१ क्वारेन्टाइनमा र आइसोलेसनमा ९९ जना छन् ।

नेपालमा हालसम्म १६ जनामा कोरोना संक्रमण देखिएको छ ।