काठमाडौं – प्रदेश नम्बर १ मा ११ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश १ को झापामा ९ र सुनसरीमा २ जना कोरोना संक्रमित थपिएका हुन् ।
विराटनगर प्रादेशिक अस्पतालमा गरिउको पीसीआर परीक्षणका क्रममा झापाको केचनकवल गाउँपालिकाका ९ जनामा कोरोना संक्रमण देखिएको कोशी अस्पतालकी मेडिकल सुपरिटेण्डेन्ट डा. संगीता मिश्राले जानकारी दिइन् ।
त्यस्तै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणका क्रममा २ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । संक्रमित हुनेमा १८ वर्षीय युवक र अर्का सशस्त्र प्रहरी रहेका छन् ।
प्रतिक्रिया