कोरोना भाइरसबाट बच्न हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं !

कोरोना भाइरसबाट बच्न हात नमिलाऔँ दिल खोलेर नमस्कार गरौं !


भरतपुर – भरतपुर अस्पतालका चिकित्सकहरुले कोरोना भाइरसको संक्रमबाट बच्नका लागि साँधै मास्कको प्रयोग गर्न आग्रह गरेका छन् । चिकित्सकहरुले ‘कोरोना भाइरसबाट बच्न माक्स लगाएर हात नमिलाऔं दिल खोलेर नमस्ते गरौं’ भन्ने सन्देश प्रभाह गरेका छन् ।

पछिल्लो समय कोरोना भाइरस विश्वभरी नै फैलिएकाले यसबाट जोगिन मास्कको प्रयोग गर्न र भीडभाडमा नजान चिकित्सकहरुले बताएका छन् । चीनबाट फैलिएको यो भाइरस सजिलै एक अर्कामा सर्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

चीनमा मात्र यो भाइरसबाट मर्नेको संख्या ३ सय नाघेको छ भने १४ हजार भन्दा धेरै मानिस यसको संक्रमणमा रहेको तथ्यांक सार्वजनिक भएको छ । नेपाल सरकारले चीनमा रहेका नेपालहरुलाई पनि स्वदेश फिर्ता गर्ने तयारी गरेको छ ।

सरकारले भाइरस संक्रमितको उपचार गर्नका लागि विशेष व्यवस्था गर्न लागेको छ । एक मात्र अन्तराष्ट्रिय विमानस्थलमा पनि कडाइ गरिएको छ । विदेशबाट भित्रिने संकास्पद मानिसहरुको स्वास्थ्य परीक्षण गरेर मात्र पठाइने गरिएको छ ।