कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु

कोरोना भाइरसबाट एक अमेरिकी नागरिकको मृत्यु


एजेन्सी – नयाँ कोरोनाभाइरसबाट चीनको वुहानमा एक अमेरिकी नागरिकको मृत्यु भएको चीनमा रहेको अमेरिकी दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

“कोरोनाभाइरस लागेका ६० वर्षीय अमेरिकीको वुहानको जिनिन्तियान अस्पतालामा मृत्यु भएको पुष्टि हामी गर्छौ । यो दुःखद घडीमा हामी परिवारप्रति समवेदन व्यक्त गर्दछौं । यो भन्दा बढी टिप्पणी हामी गर्दैनौ,’ दूतावासले भनेको छ ।

उनी नयाँ कोरोना भाइरसबाट मृत्यू हुने पहिलो अमेरिकी भएका छन् । हुवेइ प्रान्तको राजधानी वुहान कोरोना भाइरसको मुहान रहँदै आएको छ । यो सहरमा धेरैको मृत्यु र संक्रमण भएको छ ।

शनिबार बिहान चीनको राष्ट्रिय स्वास्थ्य आयोगले भाइरसले ७०० भन्दा बढीको ज्यान गएको र ३४,००० भन्दा बढी संक्रमित भएको जनाएको छ । यो मध्ये ६९९ मृत्यु र २५,००० संक्रमित वुहानका रहेका छन् ।

जनवरीमा विश्व स्वास्थ्य संगठनले तीव्र दरमा पैmलिएको भाइरसलाई विश्व स्वास्थ्य आपतकालको रुपमा घोषणा गरेको थियो ।