एजेन्सी – कोरोना भाइरसको पछाडि कैयौं किसिमका कहानी व्यक्त गरिँदै आएको छ । यसका अलावा इन्टरनेटमा यससँग सम्बन्धित भ्रामक र गलत जानकारी पनि रहेका छन् । रुसी मीडिया यो भन्दा पनि अगाडि बढिसकेको छ । रुसमा सबै टिभीका प्राइम टाइमको समाचार कार्यक्रममा पनि देखाउन थालिएको छ ।
कुल मिलाएर रुसी टिभी च्यानलमा कोरोनाभाइरसको बारेमा देखाइने कार्यक्रममा जुन निश्कर्ष निकालिएको छ यसका पछाडि शक्तिशाली पश्चिमा देश अर्थात अमेरिकाको हात भएको प्रस्तुत गर्न थालिएको छ ।
रुसी च्यानल ‘च्यानल वन’ ले बेलुकीको आफ्नो मुख्य कार्यक्रम वेएम्या अर्थात समयमा कोरोनाभाइरसको कन्सपिरेन्सी थ्योरिजको चर्चाका लागि वास्तवमै एक स्लट सुरु गरिएको छ । यो कार्यक्रममा रिपोर्टिङको तरिका अस्पष्ट जस्तो देखिएको छ । कार्यक्रममा यस्तो देखिएको छ कि कोरोनाभाइरसका लागि गरिएको षडयन्त्रको पर्दाफास गरिएको छ र दर्शकमा यस्तो प्रभाव पार्ने कोशिश गरिएको छ कि उनीहरुलाई साँचो कुराको सर्वाधिक महत्वपूर्ण हिस्साबाट सतर्क गरिएको छ ।
रुसी तथा ल्याटिन भाषामा कोरोनाको अर्थ ताज वा मुकुट हुन्छ । रुसी टिभी च्यानलले यो सब्दको प्रयोग गर्दै यसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको हात भएको संकते गरेको छ । यो कोरोना भाइरस ताज जस्तै देखिने भएकाले यसको नाम राखिएको हो । तर वेएम्या टिभी शोका प्रस्तोता यसमा सहमत भएको जस्तो देखिँदैन ।
कोरोनाका पछाडि ट्रम्पको षडयन्त्रको ठोकुवा गर्दै वेएम्या कार्यक्रमका प्रस्तोता भन्छन्, “तपाईलाई लाग्न सक्छ कि म जे भनिरहेको छु, त्यो बकवास हो । यदी संवाददाताको रिपार्टमा यो कुरा थाहा नभएको भए म पनि यस्तै भन्थे ।”
प्रतिक्रिया