कोरोना भाइरसबाट जोगिन बैंक नोटलाई कीटाणुरहित गर्दै चीन

कोरोना भाइरसबाट जोगिन बैंक नोटलाई कीटाणुरहित गर्दै चीन


एजेन्सी – कोरोनाभाइरसबाट चीन नराम्ररी प्रभावित भएको छ । यसले अर्थ व्यवस्था पनि नराम्ररी प्रभावित भएको छ । विद्यालय, क्याम्पस, मल सबै बन्द भएका छन् । मानिस आफ्नै घरमा बन्द भएका छन् । पाल्तु जनावरलाई ठूला–ठूला भवनबाट फाल्न थालेका छन् ।

वुहान तथा हुबेई प्रान्तमा हालसम्म यसबाट धेरै मानिस प्रभावित भएका छन् । प्रशासनले यसलाई रोक्नका लागि हरसम्भव प्रयास गरिरहेको छ । कोरोनाभाइरस चीनबाट विश्वका अन्य मुलुकमा पनि फैलिएको छ ।

कोरोनाको संक्रमण रोक्नका लागि अब चीनले नयाँ काम सुरु गरेको छ । यस अनुसार अन्य स्थानमा प्रयोग भएर बैंक पुगेका बैंक नोटहरुलाई बैंकमै राखेर कीटाणु रहित बनाउन थालेको छ । यसपछि मात्रै यसलाई प्रयोगका लागि पठाइने गरिएको छ ।

डेलीमेलका अनुसार बैंक चीनमा प्रयोग हुने मुद्रा युआनलाई कीटाणुरहित गर्नका लागि प्याराबैजनी प्रकाश तथा उच्च रक्तचापको प्रयोग गरिरहेका छन् । यो पुरै प्रक्रियाको एक भिडियो पनि सार्वजनिक गरिएको छ ।