एजेन्सी – चीन सहित विश्वभरी फैलिएको घातक कोरोना भाइरसको बारेमा आश्चर्यमा पार्ने खबर आएको छ । यो घातक महामारीको बारेमा फ्रान्सेली भविष्यवेत्ता नास्त्रेदमसले ४६५ वर्ष पहिलेनै जानकारी दिएको खुलासा भएको छ ।
केही मानिसले इन्टरनेटमा पोस्ट गरेर फ्रान्सेली मुलका नास्त्रेदमसले लगभग ४६५ वर्ष पहिलेनै कारोनाभाइरसको भविष्यवाणी गरेको दावी गरेका छन् । केही मानिसहरुका अनुसार नास्त्रेदमसले १५ औं सताब्दीमा आफ्नो भविष्यवाणीमा यो भयानक महामारीको कुरा गरेका थिए ।
नास्त्रेदमसको भविष्यवाणीको रहस्यमयी सन्देशमा चौपायाको माध्यमबाट यो आउने लेखेका थिए । उनको भविष्यवाणी सबैभन्दा पहिले १५५५ मा आएको थियो । उनले यो संक्रमण चौपायाबाट आउने र ठूलै महामारी हुने दावी गरेका थिए ।
अर्का व्यक्तिले स्पेनिश भाषामा लेखेका छन्, “२१ औं सताब्दीको प्लेग फैलिरहेको छ । नास्त्रेदमसको भविष्यवाणी । हामी छिट्टैनै जाँदैछौं । कोरोनाभाइरस ।” नास्त्रेदमको अनुयायी उनलाई शक्तिशाली भविष्यवेत्ता मान्छन् । उनले १६६६ मा लन्डनमा ग्रेट फायर तथा १९३३ मा एडोल्फ हिटलरको उदयको भविष्यवाणी पनि गरेका थिए ।
प्रतिक्रिया