कोरोनाभइरस बिरुद्ध लड्न चीनलाई नेपाल सहित विश्वव्यापी समर्थन

कोरोनाभइरस बिरुद्ध लड्न चीनलाई नेपाल सहित विश्वव्यापी समर्थन


काठमाडौं – गत वर्षको डिसेम्बरदेखि महामारीको रुपमा फैलिएको कोरोना भाइरस बिरुद्ध लड्न विश्वव्यापी समर्थन प्राप्त भएको चीनले अनलाईन ब्रिफिङको माध्यमबाट यसको जानकारी गराएको छ ।

पछिल्लो समयमा फेब्रुअरी १३ सम्म मुख्यभूमि चीनमा १०८१ कोरोनाभाइरसको सफल उपचार गरेर डिस्चार्ज भएका छन् ।

यसैगरी सोही दिन २६७ केस मात्रै देखा परेका छन् । यो संक्रमण ओरालो लागेको लगातार १० औं दिन हो । यो चीनका लागि सकारात्मक भएको प्रेस ब्रिफिङ मार्फत बताइएको छ । साथै चीनस्थित विश्वको विभिन्न देशका राजदूतले चीनप्रति समर्थ जनाएका छन् । विदेश मन्त्रालयका प्रवक्ता गेङ सुआङले फेब्रुअरी १४ मा अनलाईन ब्रिफिङको माध्यमबाट यस बारेमा जानकारी गराएका हुन् ।

हालै मात्र कतिपय विदेशी राजदूत र प्रतिनिधिले आफू चीनको साथ रहने र कोभिड–१९ को बिरुद्धमा लड्ने बताएका छन् ।

चीनका लागि रुसी राजदूतले चिनियाँ जनता सुरक्षित र राम्रो अवस्थमा रहने आशा व्यक्त गरेका छन् । यसैगरी जर्मन राजदूतले पनि चिनियाँ जनताले यो महामारी बिरुद्ध विजय प्राप्त गर्ने बताएका छन् ।

यो समयमा चीनप्रति सहानुभूति र समर्थन गर्नेमा मंगोलिया, ब्राजिल संयुक्त राष्ट्रसंघीय आवासिय संयोजक समेत रहेका छन् । हालसम्म विश्वका केबल ३३ देशले मात्रै चीनलाई संक्रमणबाट सुरक्षित हनका लागि सामग्री सहयोग दिएको पनि मन्त्रलायले अन्तर्राष्ट्रिय मीडियालाई बताएको छ ।

यी ३३ मुलुक मध्ये कम्बोडिया, पाकिस्तान र नेपाल कम विकसित मुलुक रहेका छन् । यसमा पाकिस्तान र नेपाल मात्र दक्षिण एसियाका दुई मुलुक रहेका छन् ।

चीनको नजिकका मित्र रहेपनि उत्तर कोरिया र म्यानमारले नेपाल जत्तिको छिटो कदम नचालेको पनि बताइएको छ । १ लाख मास्क ठूलो सहयोग होइन । तर पनि यो सहयोगको चर्चा चीनमा भएको छ ।