प्रधानसेनापति क्षत्रीलाई जांदा जांदै अमेरिकी सेनाले दियो यस्तो सम्मान

प्रधानसेनापति क्षत्रीलाई जांदा जांदै अमेरिकी सेनाले दियो यस्तो सम्मान


काठमाडौं– प्रधानसेनापति राजेन्द्र क्षत्री र इण्डो प्यासेफिक कमाण्डका डेपुटी कमाण्डर जनरल ब्रेन फेनटोनबीच भेटवार्ता भएको छ । सैनिक मुख्यालय भ्रदकालीमा भएको शिष्टाचार भेटवार्तामा द्धिपक्षीय हितका बिषयमा छलफल भएको छ ।

शिष्टाचार भेटको बेला लेफ्टिनेण्ट जनरल फेनटोनले प्रधानसेनापति क्षत्रीलाई युनाइटेड स्टेटस आर्मड फोर्सेसको तर्फबाट डिग्री अफ कमाण्डरको पदक समेत प्रदान गरेका थिए ।

सैनिक जनसम्र्पक निर्देशनालयकाअनुसार उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति क्षत्री जनरल फेनटोनबीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका बिषयमा छलफल भएको थियो । फेनटोन तीन सदस्यीय भ्रमण दलको नेतृत्व गर्दै दुई दिने नेपाल भ्रमणमा आएका थिए ।