काठमाडौ- नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गरेको छ । प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शनिवार राष्ट्रपति भवनमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । नेपाल र भारतबीच दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने प्रचलन छ ।
भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा शुक्रवार साताव्यापी भारत भ्रमणमा निस्किएका हुन् । थापासंगै सैनिक गुप्तचर महानिर्देशनालयका प्रमुख उपरथी झंकरबहादुर कठायत पनि भारत भ्रमणमा छन् ।
भारत भ्रमणको क्रममा प्रधानसेनापति थापाले भारतीय सेनाका समकक्षी स्थल सेनाध्यक्ष रावत, रक्षामन्त्री निर्मला सिथारमन राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाललगायतसंग भेट्ने कार्यक्रम छ । भारत भ्रमण सम्पन्न गरी प्रधानसेनापति थापा २ माघमा स्वदेश फर्कनेछन् । उनले साउथ वेस्र्टन कमाण्ड जयपुर र सेन्ट्रल कमाण्ड लखनऊको भ्रमण गर्ने कार्यक्रम छ ।
प्रधानसेनापतिको आसन्न भारत भ्रमण : सम्बन्ध सुधारदेखि सहायता बृद्धिसम्मका ऐजेण्डा
भारतिय सेनाको निमन्त्रणमा नेपाली सेनाका चार पुर्व प्रधानसेनापति भारत जांदै
प्रतिक्रिया