काठमाण्डौ– प्रधानसेनापति राजेन्द्र क्षत्रीबीच र भारतीय सेनाका लेफिटनेण्ट जर्नेल जगदिप कुमार शर्माबीच शिष्टाचार भेटवार्ता भएको छ ।
रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक व्याटल स्कूलमा भाद्र १८ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेनाको संयुक्त सैन अभ्यास सुर्य किरणको अवलोकन तथा समापन समारोहमा सहभागि हुन नेपाल भ्रमणमा आएका भारतीय सेनाका लेफिटनेण्ट जर्नेल शर्मासंग जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको हो ।
सैनिक जनसम्पर्क निर्देशनालयकाअनुसार भेटमा द्विपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ ।
प्रतिक्रिया