काठमाडौ– प्रधानसेनापति राजेन्द्र क्षत्री साता व्यापी भम्रणमा श्रीलङका जाने भएका छन् । श्रीलङकाका प्रधानसेनापतिको औपचारिक निमन्त्रणमा प्रधानसेनापति बुधवार श्रीलङका जाने भएका हुन् । सेनापतिको भ्रमण दलमा उपरथी दुई तारे जर्नेल ईश्वर हमाल पनि सहभागी हुदै छन् । सेनाले भ्रमणवाट दुई देशबीचको सैनिक सम्बन्धलाई अझ सुमधुर बनाउने दावी गरेको छ ।
गत वर्ष श्रीलङकाका प्रधानसेनापतिले पनि नेपालको भम्रण गरेका थिए । श्रीलङकाका सेनापति सिल्भाले नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षत्रीको औपचारिक निमन्त्रणामा ६ दिने औपचारिक भ्रमण गरेका थिए ।
श्रीलङकाका प्रधानसेनापतिले नेपाल बसाईको क्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, तत्कालीन रक्षामन्त्री बालकृष्ण खाण, प्रधान सेनापति राजेन्द्र क्षत्रीसंग छुट्टा–छुट्टै भेट वार्ता गरेका थिए ।
६ दिने नेपाल बसाईमा सिल्भाले नेपाली सेनाको पोखरा स्थित पश्चिम पृतना हेटक्वाटर तथा विभिन्न शिक्षण संस्थाहरुको निरीक्षण अवलोकन गरेका थिए ।
सेनापति एक सातापछि स्वदेश फर्कनेछन् ।
प्रतिक्रिया