एजेन्सी – विश्वका सबै देशमा कर प्रणाली लागु छ । विकासका लागि मानिसले आय कर तिर्नुपर्छ । तर केही देश पनि छन्, जहाँ नागरिकलाई आय कर लाग्दैन । सर्वाधिक आय कर भएको मुलुक स्वीडेन हो । यहाँ नागरिकले ५७.१९ प्रतिशत आय कर तिर्नुपर्छ । यो सूचीमा दोस्रो स्थानमा जापान रहेको छ । यो मुलुकमा आम्दानीको ५५.९५ प्रतिशतक आय कर तिर्नुपर्छ ।
आय कर बढी भएको मुलुकमा अस्ट्रेलिया तेस्रो स्थानमा रहेको छ । यो मुलुकमा ५५ प्रतिशत आय कर तिर्नुपर्छ । यसपछि ५१.७५ प्रतिशत सहित नेदरल्यान्ड चौथो र ५० प्रतिशत सहित बेल्जियम पाँचौ स्थानमा रहेको छ ।
यसका अतिरिक्त आय कर अधिक हुने देशमा भारतमा ४२.७ प्रतिशत, मेक्सिको र माल्टामा ३५ प्रतिशत रहेको छ । क्यानडा र न्यूजिल्यान्डमा मानिसले आफ्नो आयको अधिकतम ३३ प्रतिशत कर तिर्नुपर्छ । पोल्यान्डमा ३२ प्रतिशत आय कर लाग्छ ।
यी देशमा लाग्दैन कर
यद्यपि विश्वका केही यस्ता देश पनि छन्, जहाँ आम्दानीको कुनै कर तिर्नु पर्दैन । यस्ता देशहरुमा कतार, ओमान, बहमास, संयुक्त अरब इमिरेट्स, साउदी अरब जस्ता देशहरु समावेश छन् । यी देशमा मानिसले आम्दानीमा कुनै कर तिर्नुपर्दैन ।
यसका अतिरिक्त मोनाको विश्वकै दोस्रो सानो मुलुक हो, जहाँ कुनै कर लाग्दैन । स्वीट्जरल्यान्डमा पनि जनतालाई कुनै कर लाग्दैन । क्यूबा र क्यारेबियन द्विप समूहबाट टाढा रहेको केमन आइल्यान्डमा पनि कर लाग्दैन ।
जुन देशमा कर लाग्दैन त्यहाँका सरकारले विकासका लागि निर्यातबाट आम्दानी गर्दै आएका छन् । यी देशले प्राकृति संसाधनको निर्यातबाट पैसा संकलन गर्छन् । यी अधिकांश देश ग्यास र तेलको निर्यात गर्दै आएका छन् । यद्यपि यहाँका मानिसको सुरक्षा, पुँजीगत लाभ, आयात कर सहित अन्य कर दिनुपर्छ ।
प्रतिक्रिया