लुम्बिनी विकास कोषका इन्जिनीयर भट्टराईलाई ६ वर्ष कैद सजाय

लुम्बिनी विकास कोषका इन्जिनीयर भट्टराईलाई ६ वर्ष कैद सजाय


काठमाण्डु – भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका लुम्बिनी विकास कोषका पूर्व योजना प्रमुख इन्जिनीयर सरोजकुमार भट्टराईलाई ६ वर्ष कैद सजाय तोकिएको छ ।

विशेष अदालत काठमाण्डुले बिहीबार भट्टराईलाई सजाय निर्धारण गरेको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर, सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले भट्टराईलाई अकूत सम्पत्ति आर्जनको मुद्दामा ६ वर्ष कैद र ८० लाख रुपैयाँ जरिवाना तोकेको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए ।

इन्जिनीयर भट्टराईले पदीय दुरुपयोग गरी कोषका ठेकेदारबाट ८० लाख रुपैयाँ घूस लिएको पाइएको छ । घुस लिएको रकम जग्गामा लगानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको आरोप थियो ।

कोषका वरिष्ठ इन्जिनीयर भट्टराई विगत ७ वर्ष योजना प्रमुखका रूपमा कार्यरत थिए ।