गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा २ न्यायाधीशको राय बाझियो

गृहमन्त्री लामिछाने विरुद्धको मुद्दामा २ न्यायाधीशको राय बाझियो


काठमाण्डु – उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्धको मुद्दामा सर्वोच्च अदालतका २ न्यायधीशको राय बाझिएको छ ।

संयुक्त इजलाशका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सारङ्गा सुवेदीको राय बाझिएको छ ।

इजलाशमा दुवै न्यायाधीशबीच आदेशबारे मतान्तर भएपछि आदेश आउन सकेन । अब मुद्दा तेस्रो न्यायाधीशको इजलाशमा सरेको छ ।

रिट निवेदकले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणमा उजुरीमाथिको छानबिन प्रभावित गरेकाले मन्त्रीबाट निलम्बन गर्नुपर्ने माग राखेका थिए ।