सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस

सर्वाेच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस


काठमाण्डु – सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउतको नाम सिफारिस भएको छ ।

सोमबार बसेको संवैधानिक परिषद् बैठकले वरिष्ठताका आधारमा राउतलाई प्रधानन्यायाधीश सिफारिस गरेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको पदावधि असोज २० गते सकिँदैछ । प्रधानन्यायाधीश अवकाश हुनु १ महिनाअघि भावी प्रधानन्यायाधीशको नियुक्ति प्रक्रिया अघि बढाउने प्रावधान छ ।