प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्ध सर्वाेच्चमा दायर रिट निवेदन फिर्ता हुने आदेश

प्रहरीमा ३० वर्षे सेवा अवधिविरुद्ध सर्वाेच्चमा दायर रिट निवेदन फिर्ता हुने आदेश

File photo

काठमाण्डु – नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधि हटाउन माग गर्दै सर्वाेच्च अदालतमा दायर रिट निवेदन फिर्ता हुने आदेश भएको छ ।

रिट निवेदक गोविन्द पन्थीले रिट फिर्ता लिन निवेदन दिएका आधारमा सर्वोच्चका न्यायाधीश प्रकाशमान सिंह राउत र तिलप्रसाद श्रेष्ठको बुधबारको संयुक्त इजलासले माग बमोजिम रिट निवेदन फिर्ता हुने आदेश गरेको छ ।

सोही रिटमा भदौ ६ गते न्यायाधीश हरि फुयालको इजलासले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएकोमा त्यसविरुद्ध सरकारले अन्तरिम आदेश खारेजीको निवेदन दिएपछि सर्वोच्चका न्यायाधीश विनोद शर्मा र सारंगा सुवेदीको संयुक्त इजलासले भदौ १४ गते फुयालको अन्तरिम आदेश खारेज गरेको थियो ।

अन्तरिम आदेश खारेज भएपछि भदौ १६ गते नेपाल प्रहरीका ९० प्रहरी अधिकारी ३० वर्षे सेवा अवधिका कारण अवकाश भइसकेका छन् ।

हेर्नुहोस् आदेश –