गौशाला धर्मशाला विवादमा मारवाडीको पक्षमा उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

गौशाला धर्मशाला विवादमा मारवाडीको पक्षमा उच्च अदालतको अल्पकालीन अन्तरिम आदेश

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – उच्च अदालत पाटनले पशुपति गौशाला धर्मशाला विवादमा मारवाडी सेवा समितिको मागबमोजिम अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

अदालतका न्यायाधीश डालकुमार खड्काको इजलासले शुक्रबार अल्पकालीन अन्तरिम आदेश जारी गर्दै धर्मशालालाई यथास्थितिमा राख्न भनेको छ ।

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समितिसँग विक्रम संवत् २०६० सालमा गौशाला धर्मशाला सञ्चालन गर्न गरेको सम्झौता खारेज गरेर काठमाण्डु महानगरसँग सम्झौता गरेपछि विवाद अदालत पुगेको थियो ।

कोषसँगको सम्झौतापछि काठमाण्डु महानगरले गौशाला धर्मशाला खाली गराउने प्रयास गरेपछि त्यसविरुद्ध मारवाडी सेवा समितिले उच्च अदालत पाटनमा रिट दिएको थियो ।

अल्पकालीन अन्तरिम आदेश दिँदै अदालतले अन्तरिम आदेशको निरन्तरताका लागि दुवै पक्षलाई छलफलमा बोलाएको छ ।