सर्वाेच्चका प्रस्तावित २ न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन

सर्वाेच्चका प्रस्तावित २ न्यायाधीशको नाम संसदीय सुनुवाइबाट अनुमोदन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतका प्रस्तावित २ न्यायाधीशको नाम संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ ।

शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गर्दै न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको समितिका सभापति ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

प्रस्तावित न्यायाधीश निरौलाविरुद्ध २ वटा उजुरी परेर सांसदहरूले प्रश्न सोधेका थिए । उनले न्यायालय सुधार, सुशासन, मुद्दा फैसलामा ढिलाइ लगायत प्रवृत्तिबारे जवाफ दिएपछि अनुमोदन गर्ने निर्णय भएको छ ।